२४ मंसिर २०८२ बुधबार
image/svg+xml
खेल

काठमाडौंको ब्याटिङ धराशायी, १४ रनमै गुमायो ३ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) को महत्त्वपूर्ण एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजको ब्याटिङ इनिङ्स सुरुमै धराशायी बनेको छ।

टस जितेर ब्याटिङ रोजेको काठमाडौंले पावरप्ले नसकिँदै आफ्ना प्रमुख ३ ब्याटर गुमाइसकेको छ। काठमाडौंले इनिङ्सको चौथो ओभरको पाँचौं बलमा तेस्रो विकेट गुमाएको हो।

लुम्बिनी लायन्सका बलर शेर मल्लले काठमाडौंका ब्याटर मिलिन्द कुमारलाई बोल्ड आउट गर्दै पेभिलियनको बाटो देखाए। मिलिन्दले ८ बल सामना गर्दै जम्मा २ रन मात्र बनाउन सके। शेर मल्लको यो व्यक्तिगत दोस्रो विकेट हो।

प्रकाशित: २४ मंसिर २०८२ १६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App