१३ श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

आईएसएफ कार्यकारी सदस्यमा कार्कीको निरन्तरता

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को सर्बियामा भएको साधारण सभा तथा निर्वाचनबाट नेपालका राजकुमार कार्की दोश्रोपटक कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । सर्बियाका जेल्ज्को तानास्कोभिक अध्यक्षमा चयन भए। 

नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का महासविच कार्कीसहित कार्यकारी १४ सदस्य पदका लागि २४ राष्ट्रका त्यत्तिनै उम्मेदवारले उम्मेदवारी दिएका थिए । कार्कीले ७० प्रतिशत मत हासिल गरे। 

कार्कीले निर्वाचित मध्ये आफूले दोश्रो उच्च मत प्राप्त गरेको बताए । सन् २०१८ देखि हालसम्म आईएसएफ टेक्निकल कमिसनअन्तर्गत तेक्वान्दोका अध्यक्ष समेत रहेका कार्की ४ वर्षका लागि निर्वाचित भएका हुन्।  

पुनः निर्वाचित भएपछि कार्कीले यो आफ्नो व्यावसायिक जीवनकै ठूलो सम्मानमध्ये एक भएको बताउदै नेपाल र सम्पूर्ण नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताए। 

कार्कीले आफूलाई विश्वास, भरोसा र अमूल्य समर्थन प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यकालमा इमानदारीपूर्वक सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।  

प्रकाशित: ६ श्रावण २०८३ १७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App