२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

जनकपुरलाई तेस्रो झड्का, दीपेन्द्रले लिए विकेट

सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले पावरप्लेभित्रै तेस्रो विकेट गुमाएको छ। खराब सुरुवात गरेको जनकपुरले ५.४ ओभरमा माज सदाकतको रूपमा तेस्रो विकेट गुमाएको हो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले बलिङमा आउनासाथ सफलता हात पारेका हुन्।

उनले माज सदाकतलाई बोल्ड गर्दै पेभेलियनको बाटो देखाए। माजले ९ बलमा २ चौका प्रहार गर्दै १२ रन बनाएका थिए।

यसअघि आसिफ शेख (०) र मयन यादव (६) आउट भइसकेका छन्। यो समाचार तयार पार्दासम्म ६ ओभरको समाप्ति (पावरप्ले) मा जनकपुरले ३ विकेट गुमाएर ३५ रन बनाएको छ।

अहिले क्रिजमा जान निकोल लोफ्टी-इटन १६ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ दिन सन्जय कृष्णमूर्ति आएका छन्।

प्रकाशित: १३ मंसिर २०८२ १६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App