त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
छ खेलबाट छ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ। लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरिनेछ। जनकपुरले हालसम्म पाँच खेलबाट दुई अंक मात्र पाएको छ।
प्रकाशित: १९ मंसिर २०८२ ०६:२५ शुक्रबार





