६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

इडब्लुभिएल: काठमाडौं स्पाइर्कसको पहिलो जित

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा काठमाडौं स्पाइर्कसले मधेस यूनाईटेडलाई हराउँदै पहिलो जित दर्ता गरेको छ।

आइतबार पोखराको बहुउद्देशीय कभर्डहलमा भएको खेलमा काठमाडौंले मधेसलाई ३-१ को सेटमा हराउदै पहिलो जित दर्ता गर्‍यो। काठमाडौंले पहिलो सेटमा नतिजा आफनो पक्षमा पारेको थियो। काठमाडौंले पहिलो सेटमा मधेसलाई २६-२४ ले हरायो।

त्यसपछि दोस्रो सेटमा मधेसले नतिजा आफनो पक्षमा पार्‍यो । दोस्रो सेटमा मधेसले २५- २३ ले नतिजा आफनो पक्षमा ल्यायो। त्यसपछि, तेस्रो सेटमा २५- २३ ले मधेसलाई पछि पारेर काठमाडौंले सेटलाई आफ्नो पक्षमा ल्यायो।

त्यही जोशलाई निरन्तरमा राखेर चौथो सेटमा काठमाडौंले मधेसलाई  २५-१९ ले हराएर जित हासिल गर्‍यो ।  

अब काठमाडौंले सोमबार कर्णाली यशविसको सामना गर्ने छ भने मधेसले मगंलबार कर्णालीसँगै भिड्नेछ।

जारी प्रतियोगितामा कूल ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। फाइनल खेल भदौ २८ गते हुनेछ।

 

प्रकाशित: २२ भाद्र २०८२ १६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App