७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
खेल

इटहरी गोल्डकप: उपाधिका लागि प्लानिङ् र युवा समाज मोरङ भिडने

प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं इटहरीमा जारी १६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अब सोमबार उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेडले युवा समाज मोरङसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा युवा समाजले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई हराउँदै फाइनलको स्थान सुरक्षित गरेको थियो ।  

इटहरी रंगशालामा शनिबार राति भएको दोस्रो सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलको  स्थान सुरक्षित गरेको हो । प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले ह्याट्रिकसहित व्यक्तिगत ४ गोल गरे ।  यस्तै रोमन भुजेल र प्रतापसिंह राईले एक–एक गोल थपे । दोस्रो हाफको सुरुआती मिनेटमै सातदोबाटोका सकल रेग्मीले एक गोल गरि टिमलाई शून्य हुनबाट जोगाए ।  

No description available.

खेलमा प्लानिङ् ब्वाइजका फागुराम थारु प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले नगद १० हजार रुपैयाँ प्रदान गरे ।

राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

प्रकाशित: ५ वैशाख २०८३ २१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App