१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
खेल

आइपिएल :पञ्जाव र मुम्बई भिड्दै

जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज पन्जाब किंग्स र मुम्बई इन्डियन बीच प्रतिस्पर्धा हुँदैछ।

नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुने सो खेल मुम्बईमा रहेको वानखडे क्रिकेट रगंशालमा हुनेछ। जारी आईपिएलमा पन्जाब अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। मुम्बई भने तालिकाको नवौँ स्थानमा रहेको छ।

हालसम्म मुम्बईले खेलकेो ४ खेलमा ३ खेलमा पराजय हुँदा १ खेलमा विजयी भएको छ। त्यस्तै पञ्जाबले खेलेको ४ खेलमा तीन खेलमा जित हासिल गर्दा एक खेल वर्षाको कारण रद्द भएको थियाे। पन्जाब आज पनि मुम्बईसँग प्रतिस्पर्धामा उत्रिदाँ आफनो विजयी यात्रा कायम राख्न चाहन्छ। मुम्बई भने आज दोस्रो जितको लक्ष्य लिएर मैदान उत्रिनेछ।

प्रकाशित: ३ वैशाख २०८३ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App