इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) खेल्दैछन्।
खेल अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बेलुका पौनै ८ बजेबाट सुरु हुनेछ। साविक विजेता बैंगलुरु १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ।
बैंगलुरुले हालसम्म खेलेका ८ खेलमा ६ मा जित र २ खेलमा पराजय भोगेको छ। गुजरात पाँचौं स्थानमा छ। ८ अंक बटुलेको गुजरातले ८ खेलमा प्रतिस्पर्धा गर्दा ४ खेलमा विजयी र ४ खेलमा पराजय भोगेको छ।
हालसम्म आईपीएलको इतिहासमा यी दुई टोलीबीच ७ पटक प्रतिस्पर्धा भएको छ, जहाँ गुजरात बैंगलुरुमाथि हावी भएको छ। गुजरातले ४ खेल आफ्नो पक्षमा पार्दा बैंगलुरुले गुजरातमाथि ३ खेलमा जित हासिल गरेको छ।
प्रकाशित: १७ वैशाख २०८३ १३:२७ बिहीबार





