१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली खेलाडीहरू जिते ७ स्वर्ण र २ रजत पदक

बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जितेर फर्किएका खेलाडीहरूलाई इटहरीमा सम्मान गरिँदै।<br>

बंगलादेशमा सम्पन्न छैठौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण र २ रजत पदकसहित कुल ९ पदक जित्न सफल भएका छन्।

अधिकांश विद्यालय तहमा अध्ययनरत नेपाली किशोरकिशोरी खेलाडीहरूले ६ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै उक्त सफलता हात पारेका हुन्।

अक्टोबर ९ देखि दुई दिनसम्म चलेको ‘कुमुते’ (फाइट) विधाको प्रतियोगितामा नेपालबाट सहभागी ९ जना खेलाडीमध्ये सबैले पदक जित्न सफल भए।

प्रतियोगितामा स्वर्ण पदक जित्नेहरूमा अस्टिन उप्रेती, रेयिन थापा, सन्दिप चौधरी, विन्दा तामाङ, खुसी विष्ट, सिल्पा श्रेष्ठ र श्याम चौधरी रहेका छन्।

उनीहरूले विभिन्न उमेर तथा तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन्। त्यसैगरी, इटहरीकै सन्दिप चौधरी र राहुल हरिजनले रजत पदकमा चित्त बुझाए।

विदेशमा देशको नाम राख्न सफल यी खेलाडीहरूलाई शनिबार उनीहरूको गृह नगर इटहरीमा एक कार्यक्रमका बीच सम्मान गरिएको छ।

पदक विजेता खेलाडी खुसी विष्टले धेरै देशका खेलाडीहरूबीच प्रतिस्पर्धा गरेर नेपालका लागि पदक जित्दा ठूलो सफलता मिलेको अनुभव सुनाइन्।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, भुटान, जापान र भारतका खेलाडीहरूको सहभागिता रहेको एशियन कराते फेडेरेसनका प्रशिक्षक सागर राउतले जानकारी दिए।

यसअघि थाइल्याण्डमा ३० देशका खेलाडी सहभागी अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि इटहरीकी विन्दा तामाङ र आशिष हरिजनले कास्य पदक जितेका थिए।

प्रकाशित: २२ कार्तिक २०८२ १९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App