२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

इन्डो नेपाल खुला अन्तर विद्यालय कराते प्रतियोगिता साउन २४ गते

ब्रज स्पोर्ट्स क्लबको आयोजनामा इन्डो नेपाल खुला अन्तर विद्यालय कराते प्रतियोगिताको पहिलो संस्करण साउन २४ गते हुने भएको छ ।

एकदिने प्रतियोगितामा नेपालका ३५ र भारतका २५ विद्यालयको सहभागिता रहने आयोजकले जानकारी दिएकाे छ। प्रतियोगिताका शीर्ष तीनले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पाउनेछन् ।

उत्कृष्ट प्रशिक्षकले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा एमडिबी एजुकेसन कन्सल्टेन्सी रहेको छ ।

प्रकाशित: २० श्रावण २०८२ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App