१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

भारतले जित्यो साफ यू-१७ पुरुष च्याम्पियनसिपको उपाधि

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- १७ पुरुष च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।

शनिबार श्रीलंकाको रेसकोर्स रगंशालामा भएको फाइनल खेलमा बांगलादेशलाई टाइब्रेकरमा ४- १ ले हराउँदै भारतले उपाधि जितेको हो। दुवै टोलीले खेलको निर्धारित समयमा २-२ गोल गरेका थियो।

त्यसपछि खेल पेनाल्टी सुटआउट मार्फत गएको हो। भारत हालसम्मको तल्लो उमेर समूहको सबैभन्दा सफल टोली हो। हालै सम्पन्न प्रतियोगितामा कुल ७ टोलीले सहभागिता जनाएका थिए।

नेपालले सम्पन्न प्रतियोगिताको सेमिफाइनलसम्म आफ्नो स्थान बनाएको थियो। सेमिफाइनलमा भारतसँगै पराजित भएसँगै नेपाल बाहिरिएको हो।

प्रकाशित: १२ आश्विन २०८२ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App