३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

भारतलाई तेस्रो झड्का: तिलक वर्मा २५ रनमा आउट

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको भिडन्तमा भारतले तेस्रो विकेट गुमाएको छ। क्रिजमा टिकेर खेल्ने प्रयास गरिरहेका युवा ब्याटर तिलक वर्मा २५ रनको व्यक्तिगत स्कोरमा पभेलियन फर्किएका हुन्।

खेलको १४.२ ओभरमा पाकिस्तानी स्पिनर सइम अयुबले वर्मालाई एलबीडब्लूको धरापमा पारेका हुन्। २४ बलको सामना गरेका वर्माले २ चौका र १ छक्का प्रहार गरेका थिए। अयुबले यसअघि आक्रामक ब्याटिङ गरिरहेका इशान किशनलाई पनि बोल्ड आउट गराएका थिए।

ताजा अवस्था अनुसार भारतले १४.२ ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको छ। अहिले क्रिजमा कप्तान सूर्यकुमार यादव १८ बलमा २२ रन बनाएर खेलिरहेका छन्।

यसअघि भारतले ओपनर अभिषेक शर्मालाई शून्य र इशान किशनलाई ७७ रनमा गुमाएको थियो। तिलक र सूर्यकुमारबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो।

पाकिस्तानका लागि सइम अयुब सबैभन्दा सफल बलर देखिएका छन्। उनले ३.२ ओभरमा २३ रन खर्चेर २ महत्वपूर्ण विकेट लिएका छन्।

प्रकाशित: ३ फाल्गुन २०८२ २०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App