आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको भिडन्तमा भारतले आफ्नो पारीको १०० रन पूरा गरेको छ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतले ११.१ ओभरमा १०० रनको आँकडा पार गरेको हो।
भारतलाई १०० रनको सम्मानजनक स्थितिमा पुर्याउन ओपनर इशान किशनले मुख्य भूमिका खेले। किशनले मात्र ४० बलमा ७७ रनको विस्फोटक पारी खेलेर आउट भए।
उनले आफ्नो पारीमा १० चौका र ३ छक्का प्रहार गरेका थिए। किशन आउट भएपछि अहिले क्रिजमा कप्तान सूर्यकुमार यादव र तिलक वर्मा रहेका छन्।
ताजा अवस्था अनुसार भारतले ११.३ ओभरको समाप्तिमा २ विकेट गुमाएर १०५ रन जोडेको छ। क्रिजमा तिलक वर्मा १८ बलमा २० रन र कप्तान सूर्यकुमार यादव ७ बलमा ८ रन बनाएर खेलिरहेका छन्।
यसअघि भारतले पहिलो ओभरमै ओपनर अभिषेक शर्मालाई शून्य रनमा गुमाएको थियो। तर, दोस्रो विकेटका लागि इशान किशन र तिलक वर्माबीच ५० रनको महत्वपूर्ण साझेदारी भएको थियो।
पाकिस्तानका लागि सलमान आगा र सइम अयुबले समान १-१ विकेट लिएका छन्। कोलम्बोको पिच ब्याटिङका लागि अनुकूल देखिएकाले भारतले १७५ रनभन्दा माथिको लक्ष्य दिने प्रक्षेपण गरिएको छ।
प्रकाशित: ३ फाल्गुन २०८२ २०:१४ आइतबार





