१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको हो।

भारतका लागि ओपनर इशान किशनले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। उनले मात्र ४० बलको सामना गर्दै १० चौका र ३ छक्काको मद्दतले ७७ रन जोडे। किशनको आक्रामक पारीले भारतलाई सुरुवाती झट्काबाट बाहिर निकालेको थियो।

मध्यक्रममा कप्तान सूर्यकुमार यादवले २९ बलमा ३२ रन, शिवम् दुबेले १७ बलमा २७ रन र तिलक वर्माले २४ बलमा २५ रनको योगदान दिए। अन्त्यमा रिंकु सिंहले ४ बलमा ११ रन जोड्दै टोलीको स्कोर १७५ पुर्‍याएका थिए।

भारतका केही अनुभवी ब्याटरहरू भने आज चल्न सकेनन्। ओपनर अभिषेक शर्मा, स्टार अलराउन्डर हार्दिक पाण्ड्या र अक्षर पटेल शून्य रनमै आउट भए। यसले गर्दा भारतले अन्तिम ओभरहरूमा सोचे जस्तो रन बटुल्न सकेन।

पाकिस्तानका लागि स्पिनर सइम अयुब सबैभन्दा सफल बलर सावित भए। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र २५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। उनले इशान किशन, तिलक वर्मा र हार्दिक पाण्ड्या जस्ता ठूला विकेट लिएर भारतको रन गतिमा ब्रेक लगाएका थिए।

यस्तै, सलमान आगा, शाहिन शाह अफ्रिदी र उस्मान तारिकले समान १-१ विकेट हात पारे।

अब केही बेरमा पाकिस्तानले १७६ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ।

प्रकाशित: ३ फाल्गुन २०८२ २०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App