९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

भारत एसिया कपको फाइनलमा प्रवेश

भारत एसिसी एसिया कपको फाइनलमा प्रवेश गरेको छ।

गए राति भएकाे खेलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेकाे हाे। बुधबार भारतले दिएकाे १६९ रनको लक्ष्य पछाएको बंगलादेशले अलआउट हुँदै १२७ रन बनायाे।

बंगलादेशका लागि सैफ हसनले सर्वाधिक ६९ रन बनाए। भारतका लागि कुलदिप यादवले सर्वाधिक ३ विकेट लिए।

त्यसअघि, दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेकाे भारतले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएकाे थियाे।

भारतकाे ओपनर अभिषेक शर्माले सर्वाधिक ७५ रन बनाए। बंगलादेशका लागि रिसाद हुसेनले २ विकेट लिए।

भारत जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हाे। भारतले अब श्रीलंकासँग खेल्न बाँकी छ।

फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ।

प्रकाशित: ९ आश्विन २०८२ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App