३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

भारतले न्युजिल्यान्डलाई चार विकेटले हरायो, सिरिजमा १–० को अग्रता

गुजरातको वडोदरामा खेलिएको पहिलो एकदिवसीय (वनडे) खेलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेको छ। यससँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ। ३०१ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीले ४९ ओभरमा छ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो। विराट कोहलीले सबैभन्दा धेरै ९३ रन बनाए।

उनका अलावा कप्तान शुभमन गिलले ५६, श्रेयस अय्यरले ४९ र रोहित शर्माले २६ रनको योगदान दिए। अन्त्यमा केएल राहुलले २९ रनको महत्वपूर्ण पारी खेल्दै भारतलाई जित दिलाए।

यस खेलका क्रममा विराट कोहलीले आफ्नो अन्तर्राष्ट्रिय करियरमा २८ हजार रन पनि पूरा गरे। यससँगै उनले रनको हिसाबमा पूर्व श्रीलंकाली क्रिकेटर कुमार संगकारालाई पछि पारेका छन्। अब उनी केवल सचिन तेन्दुलकरभन्दा पछाडि छन्।भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। न्युजिल्यान्ड टोलीले ५० ओभरमा आठ विकेट गुमाउँदै ३०० रन बनाएको थियो। एजेन्सी

प्रकाशित: २८ पुस २०८२ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App