दोस्रो संस्करणको वात्सलय एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को अघिल्लो दिन अर्थात आज पोखराका मेयर धनराज आचार्य र महानायक राजेश हमालको टोलीबिच मैत्रीपूर्ण खेल हुँदैछ।
बिहीबार दुई टोलीबिच खेल बेलुका ४ बजे पोखराको लेकसाइड हलन्चोकमा हुनेछ। प्रत्येक टोलीमा १२ जना खेलाडीहरु रहनेछन्, जसमा टिमका एम्बासेडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, पोखरका इन्फलुएन्सहरु र पोखरामा भलिबल सम्बन्धित व्यक्तिहरू समावेश हुनेछन्।
प्रतियोगितामा एम्बोसडर रहेका आना शर्मा, सनीषा भट्टराई, र अदिति बुढाथोकीले सहभागिता जनाउँदै छन् भने प्रमुख खेलाडीमा अरुणा शाही, प्रगति नाथ, उषा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ र सुमित्रा रेग्मीले पनि सहभागिता जनाउने छन्।
यो प्रदर्शन खेले मनोरञ्जन, प्रतिस्पर्धा, र स्टार पावरको मिश्रण प्रस्तुत गर्दै दर्शकलाई लिगको उत्साह र प्रतिभाको पूर्वालोकन दिनेछ।
शुक्रबारबाट पोखराको बहुउद्देश्यीय कभर्डहलमा दोस्रो संस्करणको इडब्लुभिएल हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता कर्णाली यशविस र पोखरा निन्जाजले खेल्नेछन्।
प्रकाशित: १९ भाद्र २०८२ १२:०५ बिहीबार





