१६ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

फ्रेन्च ओपनः भेरेभ सेमिफाइनलमा, मार्ता र मीर्रा पनि अन्तिम चारमा

जर्मन अलेक्जेन्डर भेरेभ फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। ग्रान्डस्लाम टेनिसको मंगलबार भएको पहिलो क्वार्टरफाइनलमा स्पेनका राफेल जोडरलाई सोझो सेटमा हराउँदै दोस्रो वरीयाताका भेरेभले अन्तिम चारको यात्रा तय गरेका हुन्।  

प्रतिस्पर्धात्मक पहिलो सेट ७-६ (७-३) ले जितेका भेरेभले दोस्रो ६-१ र तेस्रो ६-३ ले आफ्नो पक्षमा पारे।  

महिला एकलतर्फको सेमिफाइनलमा भने युक्रेनकी मार्ता कोस्त्युक र रुसकी मीर्रा एन्ड्रिभाले स्थान बनाएका छन्।  

कोस्त्युकले आफ्नै देशकी एलिना भिटोलिनलाई ६-३, २-६ र ६-२ ले तथा एन्ड्रिभाले रोमानियाकी सोराना क्रिष्टियालाई ६-० र ६-३ को सेटमा पाखा लगाइन्।

यो जितसँगै मार्ता फ्रेन्च ओपन टेनिसको सेमिफाइनल पुग्ने पहिलो युक्रेनी महिला बनेकी छन्। 

प्रकाशित: १९ जेष्ठ २०८३ २१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App