२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला : ५ सय ५१ सदस्यीय आयोजक समिति

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेलाको तयारीका लागि डा शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको छ। 

शनिबार पत्रकार सम्मेलनमा आयोजक समितिसँगै विभिन्न जिम्मेवारी बाँडफाँटका लागि १६ वटा उपसमिति समेत गठन गरिएको जानकारी दिएको हो। 

यसअघि नै इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको थियो। सोही कार्यक्रमलाई सफल बनाउन शनिबार औपचारिक रूपमा आयोजक समिति सार्वजनिक गरिएको हो।

प्रकाशित: १६ श्रावण २०८३ १४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App