१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

करुणा र सहानुभूति भएन भने असल नेता बन्न सकिँदैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेतृत्वको सबैभन्दा महत्वपूर्ण गुण करुणा, सहानुभूति र मानवीय संवेदनशीलता भएको बताएका छन्। उनले विपद्को समयमा नागरिकको पीडा महसुस गर्न सक्ने क्षमता नै असल नेतृत्वको आधार हुने बताएका हुन्। 

ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पछिल्लो समय नेतृत्वका गुणबारे युवाहरूसँग गरेको छलफल स्मरण गर्दै ज्ञान, प्रविधि र सामाजिक सञ्जाल चलाउने क्षमता महत्वपूर्ण भए पनि तीभन्दा माथि करुणा र सहानुभूति आवश्यक पर्ने बताए। 

‘आजको युगमा असल नेताका लागि सबैभन्दा आवश्यक कुरा करुणा हो। बाढी, पहिरो वा खडेरीमा कसले ज्यान गुमायो, कुन किसानको अन्नबाली नष्ट भयो, कसले खाना पाएन भन्ने महसुस गर्न सक्ने क्षमता नै नेतृत्वको सबैभन्दा ठूलो गुण हो,’ उनले भने।  

थापाले करुणा, माया र सहानुभूति हराएको नेतृत्व केवल लोकप्रियता र सामाजिक सञ्जालको प्रतिक्रियामै सीमित हुने भन्दै लाइफ र लाइकबीच छनोट गर्नुपरे लाइफ रोज्न सक्ने नेतृत्व चाहिने र जीवन सबैभन्दा महत्वपूर्ण हुने बताए।  

प्रकाशित: १६ श्रावण २०८३ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App