२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
खेल

फिफा विश्वकप खेल्ने फ्रान्सको टोलीको घोषणा

फिफा पुरुष विश्वकप खेल्ने फ्रान्सको टोलीको घोषणा भएको छ। 

यही जुन ११ देखि जुलाई २० सम्म आयोजना हुने उक्त विश्वकपको लागि फ्रान्सले २६ सदस्यीय टोलीको घोषणा गरेको हो। साविक उपविजेता फ्रान्स यसपटक समूह 'आई'मा परेको छ जहाँ फ्रान्सले सेनेगल, नर्वे र इराकसँग प्रतिस्पर्धा गर्नछ।

फ्रान्स सन् २०२२ को विश्वपमा अर्जन्टिनासँग पेनाल्टी सुटआउटमा ४- २ ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

यस्तो छ टोली:

गोलरक्षक: माइक मैगनन, ब्रिस साम्बा र रोबिन रिसर।

डिफेन्डरः लुकास डिग्ने, मालो गुस्टो, लुकास हर्नान्डेज, थियो हर्नान्डेज, इब्राहिमा कोनाटे, जुल्स कौंडे, म्याक्सेन्स ल्याक्रोइक्स, विलियम सलिबा, डेओट उपमेकानो।

मिडफिल्डर: एनगोलो कान्टे, मनु कोने, एड्रियन राबियोट, ओरेलियन चाउमेनी, वारेन जाइरे-एमेरी।

फरवार्डः म्याग्नेस अक्लिउचे, ब्राडली बारकोला, रायन चेर्की, ओस्माने डेम्बेले, डिजायर डुउ, जीन(फिलिप माटेटा, केलियन एमबाप्पे, माइकल ओलिसे, मार्कस थुराम।

प्रकाशित: १ जेष्ठ २०८३ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App