२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

कास्कीको लाहाचोकमा फुटबल प्रतियोगिता

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसरमा कास्कीको लाहाचोकमा सहयोग रकम हस्तान्तरण, सम्मान र फुटबल प्रतियोगिता भएको छ।

पहिलो चरणको कार्यक्रममा माछापुच्छ्रे परोपकारी संस्थाका संस्थापक संरक्षक अर्जुनबहादुर शाहीले आफूले सङ्कलन रुपैयाँ २ लाख ५ हजार रकम माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबलाई हस्तान्तरण गरेका छन्।

माछापुच्छ्रे परोपकारी संस्था लाहाचोक कास्कीका प्रमुख सल्लाहकार राजु क्षेत्री अपुरोका अनुसार यस अवसरमा माछापुच्छ्रे त्रिशक्ति र माछापुच्छ्रे परोपकारी दुवै संस्थाकाे ए साइड भेट्रान फुटबल प्रतियोगिता भएको हाे।

उक्त अवसरमा भूपू खेलाडीहरूको सम्मानार्थ पहिलो पटक महिला टिमहरूले सो मैदानमा आफ्नो खेल प्रदर्शन गरेका थिए।

तीन टिमले भाग लिएको प्रतियोगितामा पोखरा एफसि प्रथम र माछापुच्छ्रे गापाको टिम द्वितीय भएका थिए।

प्रथम हुनेलाई ६ हजार र मेडल, द्वितीयलाई ४ हजार र मेडल र तृतीय हुने पिएन क्याम्पस टिमलाई मेडल प्रदान गरिएको छ।

उक्त कार्यक्रमको पुरस्कार रकमको प्रायोजन माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकका संस्थापक सल्लाहकार कृष्णप्रसाद बास्तोलाले गरेका थिए।

क्लबका अध्यक्ष पवन शर्माको अध्यक्षता र वडाध्यक्ष मधुसूदन अधिकारीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको आयोजना र माछापुच्छ्रे परोपकारी संस्थाको समन्वयमा भएकाे कार्यक्रमकाे सञ्चालन सुशील श्रेष्ठले गरेका थिए।

कार्यक्रममा भूपू खेलाडी सिबि उच्चैको स्वागत मन्तव्य, सुरक्षा शाहीको स्वागत नृत्य, मनीष थापा र सन्तोष गुरुङको रेफ्रीको भूमिका र प्रदीप क्षेत्रीको समन्वय  थियो।

माछापुच्छ्रे परोपकारी संस्थाका पदाधिकारी केशवराज अधिकारी संगम, देवी तिवारी, राजु परियार, सनम नेपाली, मिनराज अधिकारी, क्लबका पदाधिकारीहरू आदिको उपस्थिति रहेको थियाे।

नौमती बाजा समूह र मिलिजुली आमा समूहले अतिथिहरूलाई स्वागत सञ्चालक सुशील श्रेष्ठले बताए।

प्रकाशित: १९ पुस २०८२ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App