१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

नेपाललाई पाँचौं झट्का: विस्फोटक ब्याटिङ गरेका गुलशन झा पनि आउट

वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ।

आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकासिरहेका अलराउन्डर गुलशन झा व्यक्तिगत २२ रनमा पभेलियन फर्किएका छन्।

झाले मात्र १६ बलमा २२ रनको विस्फोटक पारी खेले। उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर पाँचौं विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै नेपालको रन गतिलाई तीव्रता दिएका थिए।

यो समाचार तयार पार्दासम्म नेपालले ५ विकेटको क्षतिमा ११९ रन बनाएको छ।

शारजाहमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले सुरुवातमै दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको थियो। त्यसपछि कप्तान रोहित पौडेल र कुशल मल्लले इनिङ्स सम्हाले पनि दुवैजना आउट भएपछि नेपाल फेरि दबाबमा आएको थियो।

अब नेपालको ब्याटिङको मुख्य जिम्मेवारी दीपेन्द्रसिंह ऐरीको काँधमा आएको छ।

प्रकाशित: ११ आश्विन २०८२ २१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App