मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।
बिहीबार बिहान भएको खेलमा मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो।
समूह ‘सी’ अन्तर्गत एटलान्टा स्टेडियममा भएको खेलमा मोरक्कोले हाइटीलाई ४-२ ले हराएको हो। ब्राजिलको ७ अंक छ। ब्राजिलसँग समान ७ अंक रहेका कारण मोरक्को हेड टु हेडअनुसार उपविजेता बनेको छ।
हाइटीले खेलको १०औं मिनेटमा आत्मघाती गोल गर्दै अग्रता लिएको थियो। ३९औं मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो।
४३औं मिनेटमा हाइटीले दोस्रो पटक अग्रता लिन सफल भयो भने उक्त अग्रता पनि जोगाउन सकेन। खेलको ७८औं मिनेटमा पहिलो अग्रता लिएको मोरक्कोले ८९औं मिनेटमा अर्काे गोल गर्दै अग्रता दुई गोलमा पुर्यायो। त्यसपछि गाेल हुन सकेन र माेरक्काे विजयी भयो।
प्रकाशित: ११ असार २०८३ ०६:५२ बिहीबार




-600x400.jpg)