फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा स्पेनले फ्रान्सविरुद्ध १-० गोलको अग्रता बनाएको छ।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी बहुप्रतीक्षित खेलको पहिलो हाफ सकिँदा स्पेनले फ्रान्समाथि दबाब बढाएको हो।
खेलको २२औं मिनेटमा स्पेनका स्ट्राइकर मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत टोलीलाई सुरुवाती अग्रता दिलाए।
यसअघि २०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले पेनाल्टी क्षेत्र भित्र स्पेनका युवा विङ्गर लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो।
सोही अवसरलाई सदुपयोग गर्दै ओयार्जाबलले उत्कृष्ट गोल गरेका छन्।
प्रकाशित: ३१ असार २०८३ ०१:४७ बुधबार




-600x400.jpg)
