१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
खेल

फिफा विश्वकपको पुरस्कार राशि बढाउने तयारीमा

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले २०२६ को विश्वकपमा भाग लिने सबै ४८ टोलीहरूको पुरस्कार राशि बढाउन राष्ट्रिय संघहरूसँग छलफल गरिरहेको जनाएको छ।  

मंगलबार भ्यानकुभरमा हुने ७६ औं फिफा काउन्सिलको बैठकमा यसबारे प्रस्ताव गरिने जनाइएको छ।

डिसेम्बरमा फिफाले यस वर्षको विश्वकपको पुरस्कार राशि अघिल्लो संस्करणको तुलनामा ५० प्रतिशत बढी हुने बताएको थियो। जसअनुसार, ७२७ मिलियन डलर कीर्तिमानी पुरस्कार हुने जनाइएको छ।

विश्व शासक निकायले २०२३ देखि २०२६ सम्मको चार वर्षे चक्रमा ११ अर्ब डलर राजस्व नाघ्ने अनुमान गरेको फिफाले रोयटर्सलाई बताएको हो।

यसअघि, डिसेम्बरमा फिफाले बताएका अनुसार विश्वकप विजेताले ५ करोड डलर र उपविजेताले ३ करोड ३० लाख डलर पाउने तय भएको थियो। त्यस्तै, समूह चरणबाट अगाडि बढ्न नसकेका १६ राष्ट्रले ९ करोड डलर प्राप्त गर्ने तय थियो।

२०२६ को विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ।

प्रकाशित: १४ वैशाख २०८३ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App