१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

साम्बाको उपचारका लागि एक्स्ट्रिमले पाँच लाख सहयोग गर्ने

सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

घुँडाको गम्भीर चोटका कारण उपचारको तयारीमा रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान भण्डारीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइने कम्पनीले जनाएको छ। कम्पनीले देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडीलाई कठिन समयमा साथ दिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

यसैबिच भण्डारीले आफ्नो उपचारका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अपेक्षित सहयोग नपाएको गुनासो गरेकी छन्। अस्ट्रेलियाको ‘निन्जा ए–लिग’ खेल्ने क्रममा गत पुसमा चोट लागेपछि उनले आर्थिक सहयोगका लागि समर्थकसँग अपिल गरेकी छन्।

न्युजिल्यान्डको क्लब वेलिङटन फोनिक्सबाट खेल्दै गर्दा ब्रिसबेन रोअरविरुद्धको खेलमा विपक्षी गोलकिपरसँग ठोक्किँदा उनको दाहिने घुँडाको एसीएल र एमसीएल च्यातिएको थियो। चोट लागेको सात साता बितिसक्दा पनि शल्यक्रिया हुन सकेको छैन।

भण्डारीले कतारस्थित एस्पेटार स्पोर्ट्स अस्पतालमा उपचार गराउने इच्छा व्यक्त गरेकी छन्। उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ। मैदानमा फर्कन उनलाई करिब ९ देखि १२ महिना लाग्ने चिकित्सकले बताएका छन्।

प्रकाशित: ११ फाल्गुन २०८२ १८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App