१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

फुटबलर रेखालाई एक्सेल्सियरको सम्मान

दी एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेललाई बुधबार नगदसहित सम्मान गरेको छ।

एक्सेल्सियरकै आयोजनामा बुधबारदेखि सुरु भएको १२औं एक्सेल्सियर कपको उद्घाटनका अवसरमा रेखालाई नगद ४० हजारसहित सम्मान गरिएको हो। बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, एक्सेल्सियरकी अध्यक्ष शीतल राणा र एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले रेखालाई सम्मानपत्र, मायाको चिनो र नगद प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे।

नेपाली महिला फुटबल खेलको विकास, सशक्तिकरण र राष्ट्रिय पहिचान स्थापित गर्न विगत ८ वर्षदेखि नेपाली राष्ट्रिय महिला फुटबल टोलीबाट योगदान पुर्‍याएको भन्दै उनलाई विद्यालयले सम्मान गरेको हो।

प्रकाशित: १५ माघ २०८२ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App