संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको १२९ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ।
उत्कृष्ट सुरुवात दिलाउँदै ओपनर कुशल मल्ल १९ रन बनाएर पभिलियन फर्किएका हुन्।
नेपालको खातामा ६७ रन हुँदा ७.३ ओभरमा मल्ल आउट भएका हुन्। उनलाई युएईका मोहम्मद अरफानले कप्तान मोहम्मद वसिमको हातबाट क्याच आउट गराए।
मल्लले १७ बलको सामना गर्दै १ चौका र २ छक्काको मद्दतले १९ रन जोडे।
पहिलो विकेटका लागि कुशल मल्ल र कुशल भुर्तेलले ६७ रनको सानदार ओपनिङ साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए।
हाल क्रिजमा कुशल भुर्तेल आक्रामक रूपमा खेलिरहेका छन्। उनी २८ बलमा ८ चौका र १ छक्कासहित ४७ रन बनाएर अर्धशतकको नजिक छन्।
प्रकाशित: ८ वैशाख २०८३ १९:२८ मंगलबार





