२४ पुस २०८२ बिहीबार
image/svg+xml
खेल

भारतीय ब्याडमिन्टन खेलाडी साइनाको सम्बन्ध विच्छेद

भारतकी चर्चित ब्याडमिन्टन खेलाडी साइना नेहवालले पारुपल्ली कश्यपसँग सम्बन्ध विच्छेद गरेको जानकारी दिएकी छन्। आइतबार राति सामाजिक सञ्जालमा स्टोरी राख्दै उनले यो कुरा बताएकी हुन्।

उनले लेखिन्, ‘धेरै सोचविचारपछि, कश्यप र मैले अलग हुने निर्णय गरेका छौँ। जीवनले हामीलाई फरक बाटोमा लैजान्छ। हामी शान्ति र प्रगति रोज्छौँ। म सम्झनाहरूको कदर गर्छु र उनलाई शुभकामना दिन्छु।’ साइना र कश्यपले २०१८ मा प्रेम विवाह गरेका थिए। २००७ देखि सम्बन्धमा रहेका उनीहरू २००५ देखि चिनजानमा थिए। हैदराबादको पुलेला गोपीचन्द प्रशिक्षण केन्द्रमा दुवैले सँगै अभ्यास गरेका थिए।

साइना ओलम्पिक पदक जित्ने पहिलो भारतीय ब्याडमिन्टन खेलाडी हुन्। उनले २०१२ मा कांस्य पदक जितेकी थिइन्। सन् २०१५ मा उनी विश्व नम्बर-१ बनिन्। उनले ३ ओलम्पिकमा भाग लिइन् र २ राष्ट्रमण्डल स्वर्ण जितेकी छिन्। २००८ मा विश्व जुनियर च्याम्पियनसिप जितेकी थिइन्। उनलाई अर्जुन र राजीव गान्धी खेल रत्न पुरस्कार प्राप्त छ।

कश्यपले २०१४ को राष्ट्रमण्डल खेलमा स्वर्ण जितेका थिए। उनी २०१२ मा ओलम्पिक क्वार्टरफाइनलमा पुग्ने पहिलो भारतीय पुरुष खेलाडी हुन्।

प्रकाशित: ३० असार २०८२ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App