३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

सुजनलाई दोहोरो स्वर्ण

नेपाली उमा कुङ्फु खेलाडी सुजन कक्षपतिले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन्। जर्मनीको रेजेन्सबर्गमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङ्फु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजितकुमार राईले जनाएका छन्।

वर्ल्ड मार्सल आटर्स कमिटी (डब्लुएमएसी) द्वारा आयोजित प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसनल फम विथ वेपनमा प्रतिस्पर्धा गरेका थिए। चाइनिज क्रिएटिभ फममा सुजनले २३.०२ अंक जोडे। यो स्पर्धामा ५ जना सहभागी थिए। ७ खेलाडीले भाग लिएको ट्रेडिसनल फम विथ वेपनमा सुजनले २२.५८ अंक जोडे।

प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १ हजार २ सय खेलाडीको सहभागिता रहेको नेपाल उमा कुङ्फु संघले जनाएको छ। सुजन सातौं राष्ट्रिय उमा कुङ्फु च्याम्पियनसिपका रजत विजेता पदक विजेता हुन्। सुजन मंगलबार स्वदेश फर्किंदै छन्।

प्रकाशित: ३ चैत्र २०८२ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App