६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

एन्फा राष्ट्रिय लिग अनिश्चितकालका लागि स्थगित

राजधानीमा जारी एन्फा राष्ट्रिय लिग अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै चलिरहेको लिग प्रतियोगिता अनिश्चितकालका लागि रोकेको जानकारी गराएको हो।

एन्फाका अनुसार बिहीबार लिग अन्तर्गतको दोस्रो खेल एन्फा कम्प्लेक्समा जारी छ। यो खेल सकिएपछि आजै बेलुका हुने भनिएको सशस्त्र प्रहरी बल (एपीएफ) र मछिन्द्र एफसीबीचको अन्तिम खेल भने नहुने भएको छ।

लिगमा कुल १७ टोलीले प्रतिस्पर्धा गरिरहेका थिए।

यो पनि पढ्नुहोस्

विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

प्रकाशित: ५ चैत्र २०८२ १५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App