२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

फाइनलमा दिनेशको विस्फोटक इनिङ : १३ बलमै ४२ रन प्रहार

<br>

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा लुम्बिनी लायन्सका ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरेका छन्।

८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीलाई उनले आक्रामक सुरुवात दिलाएका हुन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा अधिकारीले मात्र १३ बलको सामना गर्दै ४२ रनको योगदान दिए। ३२३.०७ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले ५ छक्का र १ चौका प्रहार गरे।

इनिङको पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ छक्का प्रहार गरेका दिनेश पाँचौँ ओभरको तेस्रो बलमा आउट भए।

उनलाई हेमन्त धामीले स्कट कुगेलेइनको हातबाट क्याच आउट गराएका हुन्।

दिनेश र अर्का ओपनर डार्सी सर्टले पहिलो विकेटका लागि ४.१ ओभरमा ५८ रनको साझेदारी गरे। डार्सी सर्ट १४ रन (१३ बल) बनाएर हेमन्त धामीकै बलमा बोल्ड भए।

अहिले ४.५ ओभरको खेल सकिँदा लुम्बिनीले २ विकेट गुमाएर ६३ रन बनाएको छ। टोलीलाई उपाधि जित्न अब ९१ बलमा २३ रन मात्र आवश्यक छ। क्रिजमा कप्तान रोहित पौडेल र निरोशन डिकवेला रहेका छन्।

प्रकाशित: २७ मंसिर २०८२ १७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App