२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

अछाममा भीम रावल र यज्ञ बहादुर बोगटीको अग्रता

फाइल तस्बिर

प्रतिनिधिसभा निर्वाचन अछामका दुई क्षेत्रको प्रारम्भिक नतिजामा भीम रावल र यज्ञ बहादुर बोगटी अगाडि देखिएका छन्।

अछाम-१ मा नेपाली कम्युनिष्ट पार्टीका रावलले ९५२ मतका साथ अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका भरतकुमार स्वारले ७३२ मत र नेकपा (एमाले) का दिपकबहादुर साउंदले ७१३ मतका साथ पछ्याइरहेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले १०७ मत प्राप्त गरेका छन्।

अछाम-२ मा नेकपा (एमाले) का बोगटी ७२६ मतका साथ अगाडि रहेका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ४३३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका भुप देव शाहले ३५५ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका बलबहादुर कुंवरले २२५ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App