आईसीसी टी-२० पुरुष विश्वकपमा क्यानडाको कप्तानी दिलप्रीत बजवाले गर्ने भएका छन्।
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी-२० विश्वकपका लागि क्यानडाले दिलप्रीतको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
उनले हालसम्म नौ एक दिवसीय र १७ टी-२० खेलिसकेका छन्। क्यानडा समूह 'डी' मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, अफगानिस्तान र युएईसँग रहेको छ।
क्यानडाले दोस्रो पटक टी-२० पुरुष विश्वकपमा सहभागिता जनाउन लागेको हो। यसअघि क्यानडाले सन् २०२४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो।
यस्तो छ क्यानडाको टोली:
दिलप्रीत बजवा (कप्तान), अजयवीर हुन्दल, अंश पटेल, डिलोन हेलिगर, हर्ष ठाकर, जसकरणदीप बुट्टर, कलीम साना, कंवरपाल तथगुर, नवनीत धालीवाल, निकोलस किर्तन, रविन्द्रपाल सिंह, साद बिन जाफर, शिवम शर्मा, श्रेयस मोभा र युवराज मोभा
प्रकाशित: १ माघ २०८२ ११:४४ बिहीबार





