पाकिस्तानी राष्ट्रिय टोलीका पेस बलर नसीम शाह सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा जरिवानमा परेका छन्।
उनलाई सोमबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबि)ले केन्द्रीय सम्झौता उल्लंघन गरेको भन्दै २ करोड पाकिस्तानी रुपैयाँ (९४७१,६८४०) जरिवाना गरेको हो।
नसीमले सामाजिक सञ्जालबाट पञ्जाबका मुख्यमन्त्री मरियम नवाजको आलोचना गरेका थिए। उनले पछि उक्त पोष्ट हटाएपनि जरिवानामा परेका हुन्।
यसपछि नसीमले आफ्नो सामाजिक सञ्जाल सल्लाहकारलाई बर्खास्त गरेका थिए। पीसीबीको क्षेत्राधिकार अन्तर्गत पर्ने कुनै पनि खेलाडीले नियम उल्लघंन गरेमा कालोसुचीमा समेत पर्नसक्ने पिसिबिले जनाएको छ।
पाकिस्तानको स्थानीय मिडियाले पाकिस्तान क्रिकेट इतिहासको सबैभन्दा ठूलो आर्थिक जरिवाना रहेको बताएको छ। यो जरिवाना उनको केन्द्रीय सम्झौताको तलबको लगभग आठ महिना बराबर रहेको बताइएको छ।
प्रकाशित: १७ चैत्र २०८२ ११:५८ मंगलबार





