१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमालेको सचिवालय बैठक तोकिएकोभन्दा केही ढिला

नेकपा एमालेको सचिवालय बैठक तोकिएकोभन्दा केही ढिला भएको छ। 

बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि अझै बैठक सुरु हुन सकेको छैन। यद्यपी पार्टी केन्द्रीय कार्यालय च्यासलमा सदस्यहरु पुग्ने क्रम भने चलिरहेको छ। 

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि दोस्रोपटक एमालेको सचिवालय बैठक बस्न लागेको हो। गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो।

प्रकाशित: १७ चैत्र २०८२ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App