१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

कमनवेल्थ गेम्स २०१० का गोल्ड मेडलिस्ट जोन नेपालगन्जमा

विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्णपदकधारी केन्याका जोन केलाई नेपालगन्ज आइपुगेका छन्। धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा उनी नेपालगन्ज आएका हुन्।

धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, रेस डाइरेक् र चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भिम ओलीले लिजेन्ड धावक जोनलाई स्वागत गरे।

धारा नेपालगन्ज म्याराथनकै भगिनी रनिङ इभेन्ट गौघाट ग्रीन रनमा अतिथि धावकका रूपमा सहभागी हुन उनी नेपालगन्ज आएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए। धावक केलाईले स्कुले धावकहरूलाई हौसला बढाउन सँगसँगै दौडने छन्। धावक केलाई सन् २००३ देखि २०१० सम्म विश्वप्रतिष्ठित मुम्बई म्याराथन (भारत), इन्सेद म्याराथन(नेदरल्याण्ड्स), टोरन्टो वाटरफ्रन्ट म्याराथन(क्यानडा), सिंगापुर म्याराथन, ब्रसेल्स म्याराथन(बेल्जियम)का विजेता हुन्। उनलाई म्याराथनको विज्ञ मानिन्छ।

बढ्दो तापक्रमका कारण विश्व पर्यावरणमा परेको नकारात्मक प्रभावका बारेमा ससाना बालबालिकालाई जानकारी गराउँदै प्लास्टिक रहित हरियाली गाउँ निर्माण गर्ने उद्देश्यले गौघाट ग्रीन रन गत वर्षदेखि खजुराको सीतापुरमा सुरु गरिएको हो। असोज २८ गते मंगलवार बिहान ७ बजे हुने गौघाट ग्रीन रनमा खजुरा पालिका अन्तर्गतका विद्यालयबाट छात्रछात्रा तथा खुल्ला छात्र छात्रा गरी चार विधामा स्पर्धा हुनेछ। ग्रीन अवधारणामा हुने नेपालमै सम्भवतः यो दौड नै हो। यसपटक एक सय जनाले भाग लिने रेस डाइरेक्टर गुरुङले बताए।

गत वर्ष ४२ जनाले भाग लिएका थिए। ग्रीन रनमा ऐक्यबद्धता जनाउन मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधान समेत सहभागी हुने आयोजकले जनाएको छ। मिस नेपाल श्रृच्छाको अध्ययन र रुचिको विषयमा भएको हुँदा ग्रीन रनसँग जोडिएको एम्स दुत धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन्। धावक जोन र मिस नेपाल श्रृच्छासँग सोमवार जनप्रतिनिधि, पत्रकार र नागरिक अगुवाको भेट गराइने आयोजकले जानकारी दिएको छ।

धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिवा हुनेछ। यसका लागि दर्ता खुला गरिसकिएको छ। यसपटक धारा नेपालगन्ज म्याराथनमा प्रदर्शनका आधारमा खेलाडी तथा अन्य भुमिकामा रहेका व्यक्तित्वलाई विभिन्न अन्तर्राष्ट्रिय एक्सपोजर दिने तयारी गरिएको छ। यसका लागि वल्र्ड क्लास रनिङ इभेन्ट बाङ्सेन रनिङ सिरिज(थाइल्याण्ड)सँग औपचारिक सम्झौता समेत भएको छ। साथै अन्य म्याराथन आयोजकसँग यस्तै सहकार्यको तयारी अघि बढाइएको एम्स दुत ठकुरील बताए।

प्रकाशित: २६ आश्विन २०८२ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App