१० माघ २०८२ शनिबार
image/svg+xml
खेल

प्रशिक्षक दर्शनधारीको निधन

राष्ट्रिय खेलकुद परिषदमा कार्यरत प्रशिक्षक नीरु दर्शनधारीको उपचारका क्रममा निधन भएको छ।  

राष्ट्रिय खेलकुद परिषदमा जिम्यान्याष्टिक खेलकी बरिष्ठ प्रशिक्षकका रुपमा कार्रयरत दर्शनधारी विगत केही वर्षदेखि क्यान्सर रोगको उपचारका क्रममा मंगलबार साँझ निधन भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।  

प्रशिक्षक दर्शनधारीको पार्थिव शरीरमा राष्ष्टिय खेलकुद परिषदका कार्यकारी समिति सदस्य कमल बहादुर भट्टराईले परिषद्को झण्डा ओढाएर सम्मान ब्यक्त गरेका थिए ।  

बुधबार परिषद्को प्रांगणमा श्रद्धाञ्जली सभा गरी प्रशिक्षक दर्शनधारी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।  

नीरु दर्शनधारी २०५२ भदौदेखि राष्ट्रिय खेलकुद परिषदमा जिम्न्याष्टिक प्रशिक्षकका रुपमा कार्यरत थिइन । उनको परिवारमा श्रीमान् मात्र छन् ।  

 

प्रकाशित: १७ मंसिर २०८२ १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App