स्पेनिस ला लिगाका अध्यक्ष जेभियर टेबासले म्यानचेष्टर सिटीले प्रिमियर लिग वित्तीय नियम उल्लंघनका लागि सामना गरिरहेका आरोपको व्यवस्थापन प्रतियोगिताका लागि हानिकारक भएको बताएका छन्।
सिटीलाई फेब्रुअरी २०२३ मा लिगको वित्तीय नियमहरूको ११५ वित्तीय नियम उल्लंघनको आरोप लगाइएको छ। क्लबले भने सबै आरोपहरूलाई अस्वीकार गर्दै आएको छ।
तर तीन वर्षमा पनि यसबारेमा कुनै पनि फैसला आएको छैन।
प्रिमियर लिग जस्ता ठूलो संस्थाले वित्तीय निष्पक्ष खेलका लागि नियमहरू कायम गर्नुपर्ने भन्दै उनले प्रतियोगिता र क्लबहरूबीच धेरै कानूनी निश्चितता चाहिनेमा जोड दिए ।
प्रकाशित: १५ फाल्गुन २०८२ १४:३६ शुक्रबार





