६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

छक्का प्रहार गर्दा चिअरलिडर घाइते

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको खेलका क्रममा चितवनका कप्तान कुशल मल्लले प्रहार गरेको शक्तिशाली छक्काले बाउन्ड्री लाइनमा रहेकी ‘रेड बुल’ चिअरलिडरलाई चोट लागेको छ।

चितवनको इनिङको अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरिरहेका मल्लले प्रहार गरेको बल सिधै दर्शक दीर्घातर्फ गएको थियो। सो क्रममा बाउन्ड्री नजिकै रहेकी चिअरलिडरको नाकमा बलले लागेको थियो। बल लाग्नासाथ उनी ढलेकी थिइन।

खेलको इनिङ सकिनेबित्तिकै कप्तान कुशल मल्ल तत्कालै पेभेलियन नफर्की घाइते चिअरलिडरको अवस्था बुझ्न त्यहाँ पुगेका थिए। उनले चिन्तित हुँदै चिअरलिडरको स्वास्थ्य अवस्थाबारे जानकारी लिए र सहानुभूति प्रकट गरे।

घाइते चिअरलिडरको अवस्था हाल खतरामुक्त रहेको बताइएको छ। यद्यपि, नाकमा चोट लागेका कारण उनलाई मैदानमा प्राथमिक उपचारपछि थप उपचारका लागि स्ट्रेचरमा राखेर अस्पताल लगिएको छ।

प्रकाशित: १६ मंसिर २०८२ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App