१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

केल्मी नेपाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ।

२०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मी मुख्यालयमा आयोजित एक विशेष समारोहमा केल्मी नेपाल इन्टरनेसनल अवार्डबाट सम्मानित भएको हो। केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका हुन्।

केल्मी विश्वप्रसिद्ध स्पोटर्स वेयर ब्रान्ड हो। यसले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई पुरस्कृत गर्दै पनि आएको छ। नेपाली बजारमा पनि केल्मीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ भने खेलाडीहरूको पहिलो रोजाइमा रहेको छ।

केल्मीको मुख्यालयमा आयोजित २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटमा विश्वभरका प्रतिनिधि उपस्थित भएका थिए। प्रबन्ध निर्देशक उत्तम न्यौपानेले यो पुरस्कारले थप प्रोत्साहित गर्ने धारणा राखे। ‘यो पुरस्कारले हामीलाई थप प्रेरणा प्रदान गरेको छ। हामी केल्मीसँगको आफ्नो साझेदारीलाई अझ सुदृढ बनाउँदै नेपालमा खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्न र विश्वस्तरीय स्पोर्ट्सवेयर उपलब्ध गराउन प्रतिबद्ध छौं,’ उनले भने, ‘हाम्रा ग्राहकहरू, साझेदारहरू र खेलप्रेमीहरूको निरन्तर समर्थनले हामीलाई यो उचाइमा पुर्‍याएको छ। हामी आगामी दिनहरूमा पनि उत्कृष्टताको यो यात्रालाई निरन्तरता दिनेछौं।’

नेपालमा केल्मीको बजारलाई अझ विस्तार गर्न, नयाँ र नवीन उत्पादनहरू ल्याउन तथा नेपाली खेलकुद क्षेत्रलाई थप सशक्त बनाउन योजना बनाइरहेको पनि न्यौपानेले बताए।

प्रकाशित: ३ श्रावण २०८२ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App