२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

बुमराह बाहिरिए, २९ वर्षीय औकिब नाबीलाई भारतीय टोलीमा मौका

जम्मू–कश्मीरका तीव्र गतिका बलर औकिब नाबीले पहिलोपटक भारतीय राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका छन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले घाइते जसप्रित बुमराहको स्थानमा २९ वर्षीय नाबीलाई श्रीलंकाविरुद्धको टेस्ट शृंखलाका लागि टोलीमा समावेश गरेको हो। श्रीलंकाविरुद्धको टेस्ट शृंखला अगस्ट १५ देखि सुरु हुँदैछ। बुमराह चोटका कारण टोलीबाट बाहिरिएपछि नाबीका लागि राष्ट्रिय टोलीको ढोका खुलेको हो।

बारामुलाका नाबी भारतीय राष्ट्रिय टोलीमा पुग्ने जम्मू–कश्मीरका दोस्रो क्रिकेटर बनेका छन्। यसअघि पारवेज रसुलले जम्मू–कश्मीरबाट भारतको राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। नाबीले पछिल्ला दुई घरेलु सत्रमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। उनको प्रदर्शनमा यस वर्ष जम्मू–कश्मीरले ऐतिहासिक रूपमा रणजी ट्रफी जित्यो।

घरेलु क्रिकेटमा लगातार चम्किए पनि नाबीले हालमा भारतीय टोलीमा भने स्थान बनाउन सकेका थिएनन्। तर बुमराहको चोटसँगै आएको अवसरले उनको राष्ट्रिय टोलीमा पुग्ने सपना पूरा भएको छ। अब नाबीका अगाडि घरेलु क्रिकेटमा देखाएको प्रभाव अन्तर्राष्ट्रिय मञ्चमा दोहोर्‍याउन पर्ने ठूलो चुनौती छ।

 बुमराहको स्थानमा टोलीमा परेका नाबीले श्रीलंकाविरुद्धको शृंखलामा आफूलाई प्रमाणित गर्ने अवसर भने प्राप्त गरेका छन्।

प्रकाशित: १८ श्रावण २०८३ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App