२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

ब्राजिलियन मायराले कर्णाली यशविसबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने

एभरेस्ट महिला भलिबल लिग (ईडब्लुभीएल)को दोस्रो सिजनका लागि कर्णाली यशविसले ब्राजिलियन मायरा भिटोरियालाई अनुबन्ध

गरेको छ।

कर्णालीले सोमबार उनलाई अनुबन्ध गरेको हो । यसअघि कर्णालीले ब्राजिलकै खेलाडी आना फ्लाभियालाई पनि अनुबन्ध गरिसकेको छ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसले सेटर आना फ्लाभिया र आउटसाईड हिटर मायरा भिटोरियालाई अनुबन्धित गरेको हो।

पहिलो संस्करणको विजेता कर्णाली यशविसले दोस्रो संस्करणमा उपाधि रक्षा गर्ने लक्ष्यसहित ब्राजिलका महिला भलिबल खेलाडी अनुबन्ध गरेको जनाएको छ ।  

यसअघि कर्णाली यशविसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

प्रकाशित: ९ भाद्र २०८२ १६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App