फिफा विश्वकपमा शुक्रबार ब्राजिल र हाइटीबिचको खेल निकै नै रोचक देखिएको छ।
फिलाडेल्फिया स्टेडियममा जारी समूह सी को यस खेलमा हाइटीविरुद्ध ब्राजिलले तेस्रो गोल गरेको छ। यो गोल सँगै ब्राजिलले आफ्नो अग्रता कायमै राखेको छ।
खेलको ४५ प्लस ३ मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गर्दै ब्राजिलको अग्रता कायमै गरेका हुन्। यसैगरी, खेलको ३६औँ र २३औँ मिनेटमा फरवार्ड म्याथ्यूस कुन्हाले दोस्रो र पहिलो गोल गरेर ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।
यी दुई टोली अन्तिम पटक २०१६ कोपा अमेरिकामा भेटेका थिए, जहाँ ब्राजिलले हाइटीलाई ७-१ को विशाल अन्तरले पराजित गरेको थियो। विश्वकप इतिहासमा यी दुई टोली पहिलो पटक आमनेसामने भएका छन्।
प्रकाशित: ६ असार २०८३ ०७:१३ शनिबार





