१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अपराध

३२९.०५ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ

प्रहरीले लागूऔषध ग्राम खैरो हेरोइनजस्तो देखिने प्रदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ३२९.०५ ग्राम खैरो हेरोइनजस्तो देखिने बस्तु, नगद तथा विभिन्न सामग्रीसहित चार जनालाई पक्राउ गरेको हो।

सोमबार अपराह्न काठमाडौं महानगरपालिका–१ नागपोखरीस्थित एक घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले छापा मारेको थियो।

प्रहरीले उक्त घर र बा ७ च ५१८० नम्बरको सवारी साधनमा खानतलासी गर्दा ३२९.०५ ग्राम खैरो हेरोइनजस्तो पदार्थ, २२९ क्याप्सुल ट्रामाडोल, १०० ट्याब्लेट नाइट्राजेपाम, नगद  १ लाख ९८ हजार ३२५, तीन थान ल्यापटप, एक थान तराजु, एक थान सञ्चार सेट, एक थान एल्युमिनियम पेपर रोल र चार थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ का प्रभात तिवारी (४३ वर्ष), ललितपुर महानगरपालिका–४ का रोलिन श्रेष्ठ (५१ वर्ष), काठमाडौं महानगरपालिका–१४ बलम्बुका भूपेन्द्र श्रेष्ठ (५७ वर्ष) र हाल काठमाडौं महानगरपालिका–१२ बस्दै आएका सर्लाही बरहथवा नगरपालिका–६ का सुजन रायमाझी (४० वर्ष) रहेका छन्।

उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: १९ श्रावण २०८३ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App