२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

बायर्न म्युनिकले वेडर ब्रेमनलाई ४-० ले हरायो, ह्यारी केनका दुई गोल

जर्मन बुंडेसलिगामा बायर्न म्युनिकले सानदार जित निकालेको छ । म्युनिकले वेडर ब्रेमनलाई ४-० ले हरायो । ह्यारी केनको दुई गोलको मद्दतमा बायर्न म्युनिकले वेडर ब्रेमनलाई ४–०को फराकिलो जित निकालेको हो ।  

जर्मन बुंडेसलिगामा बायर्नको पाँच खेलबाट १५ अंक भएको छ । गएरातिको प्रतियोगितामा केनले ४५ र ६५ औं मिनेटमा गोल गरे । यससँगै बायर्नका लागि उनको गोल संख्या सय पुगेको छ । उनले यसका लागि १ सय ४ खेल मात्र खेलेका छन् ।

युरोपका प्रमुख पाँच लिगमध्ये केन सबैभन्दा कम खेलेर सय गोल गर्ने कीर्तिमानी खेलाडी बनेका छन् । यसअघि क्रिस्टियानो रोनाल्डो र इर्लिङ हालान्डले १ सय ५ खेल खेलेर सय गोल गरेका थिए । यसपल्टको बुंडेसलिगामा केनले लिगका प्रत्येक खेलमा औसत दुई गोल गरिरहेका छन् ।

प्रकाशित: ११ आश्विन २०८२ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App