८ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

उपाधि बिजेता बसाहालाई चार लाख, उपबिजेता लोहोरुङ्लाई दुई लाख दुई हजार

बसाहा क्लब उदयपुरले तेस्रो स्वर्गीय अन्तर्राष्ट्रिय पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  

आइतबार इटहरी वडा नं. ५ को जनता कलेजको खेलमैदानमा भएको फाइनल खेलमा लोहोरुङ् एफसी संखुवासभालाई १-० गोल अन्तरले हराउँदै बसाहा क्लब उदयपुरले उपाधि प्राप्त गरेको हो । जितसँगै  बसाहा क्लबले चार लाख चार हजार प्राप्त गरियो । उपविजेता लोहोरुङ् एफसी संखुवासभाले दुई लाख दुई हजार रुपैयाँ प्राप्त गरेको छ ।  

खेलमा बसाहा क्लबका रितेश तामाङ्ले निर्णायक गोल गरे । उनले खेलको २६ औं मिनेटमा गोल गरेका हुन् । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी र हाइ स्कोरर रितेश नै भए । उनले खेल अवधिभर तीन गोल गरे । जसमा सर्वश्रेष्ठ खेलाडी भएकोमा नगद २० हजार र हाई स्कोरर भएकोमा नगद दस हजारसहित ट्रफि र प्रमाणपत्र पाए ।  

खेलको म्यान अफ दि म्याच लोहोरुङ् क्लब संखुवासभाका मिलन लिम्बु भए । उनले नगद पाँच हजार ५०० र ट्रफि तथा प्रमाणपत्र प्राप्त गरे । यस्तै, बेष्ट डिफेन्स बसाहा क्लबका मंजिल खड्का, बेष्ट मिड फिल्डर लोहोरुङ् क्लबका विवेक राई, बेष्ट कोच बसाहाका केशव राई, राईजिङ् प्लेयर आयोजक द योङ् ब्रदर्शका सविन घिमिरे र बेष्ट गोलकिपर बसाहाका संदिप भट्टराई भए । सवैलाई जनही नगद दस हजारसहित ट्रफि तथा प्रमाणपत्र प्रदान गरियो ।  

फागुन ३० गतेदेखि सुरु भएको प्रतियोतिगामा केराबारी फुटबल क्लब मोरङ्, जलथल फुटबल क्लब हल्दिबारी झापा, लोहोरुङ् एफसी संखुवासभा, चुतन स्पोर्टिङ् क्लब तेह्रथुम, बसाहा क्लब उदयपुर, न्यू स्टार क्लब बराहक्षेत्र, आयोजक द योङ् ब्रदर्श क्लब र भारतको कञ्चनजङ्गा फुटबल क्लब गरि आठवटा टीम सहभागी भएका थिए ।   शुरुवातमा प्रतियोगिता प्रदेशस्तरीय रहेतापनि यसपटकदेखि बदलेर अन्तर्राष्ट्रिय स्तरको गरिएको हो ।  

 

प्रकाशित: ८ चैत्र २०८२ १९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App