नेपाल र बाङ्लादेशबिचको मैत्रीपूर्ण फुटबल खेल खेल्न आएको बाङ्लादेशको टोली आज स्वदेश फर्किएको छ।
टोली बिहान ९ बजे स्वदेश फर्किन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो। मंगलबार फर्किनुपर्ने टोली विमानस्थल बन्द भएका कारण अलपत्र परेको थियो।
जेन-जी आन्दोलनका कारण नेपाल र बाङ्लादेशबिच हुने भनिएको दोस्रो मैत्रीपूर्ण फुटबल रद्द भएको थियो।
प्रकाशित: २६ भाद्र २०८२ १०:०० बिहीबार





