२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

२२ वर्षपछि बंगलादेशले भारतलाई हरायो

बंगलादेशले भारतीय फुटबल टोलीलाई पराजित गरेको छ। एसियाली कप साउदी अरेबिया २०२७ छनोटअन्तर्गत मंगलबार ढाकाको राष्ट्रिय रंगशालामा भएको खेलमा आयोजक बंगलादेशले भारतलाई १–० ले पराजित गर्‍यो।

बंगलादेशका शेख मोर्सालिनले १२औँ मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाए। भारतले पूरै खेलमा एक गोल पनि फर्काउन सकेन। 

बंगलादेशले २२ वर्षपछि भारतलाई हराएको हो। यसअघि सन् २००३ को दक्षिण एसियाली च्याम्पियनसिपमा बंगलादेशले भारतलाई जितेको थियो।

समूहको अंक तालिकामा सिंगापुर ११ अंकसहित शीर्ष स्थानमा छ। हङकङ ८ अंकसहित दोस्रो, बंगलादेश ५ अंकसहित तेस्रो र भारत २ अंकसहित चौथो स्थानमा छ।

प्रकाशित: ३ मंसिर २०८२ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App